बैशाख ८, २०८१ शनिबार

कोभिड– १९ बाट १९ महिला सहित ९६ जना गैरआवासीय नेपालीको मृत्यु



कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण विश्वभर रहेका १९ महिला सहित ९६ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म उनीहरुको मृत्यु भएको हो ।

सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स ९युएई० मा नौ, साउदी अरबमा दुई, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्यान्डमा एक, बहराइनमा एक, स्विडेनमा एक र नेपालमा एकजनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा। सञ्जीव सापकोटाले जानकारी दिए । समितिका अनुसार मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

कोरोना भाइरसका कारणले यो साता मात्रै १७ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये युके १२, युएई तीन र साउदी अरबमा दुई रहेको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै, एनआरएनए समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एसियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरूमा रहेका नेपालीमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोधसमेत गरेका छन् ।

उनले कोरोना संक्रमणको शंका लागेमा तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरूको समूहले तयार पारेको सो आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित छन् ।

समितिका अनुसार कतार दुई हजार पाँच सय, अमेरिका एक हजार ६ सय, युके एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएई दुई सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्यान्डमा २२, स्पेन १३, क्यानडामा १३, अष्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा पाँच, जर्मनीमा चार, फिनल्यान्डमा चार, साइप्रसमा तीन, न्युजिल्यान्डमा तीन, माल्टामा दुई, हङकङमा दुई, पोल्यान्डमा दुई, म्यानमारमा एक र फ्रान्समा एकजना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

संघका महासचिव डा। हेमराज शर्माका अनुसार ४९ देशका तीन सय क्षेत्र ९सहर० मा एक हजार ६ सयभन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सक परिचालन गरिएको छ।