बैशाख ८, २०८१ शनिबार

यस्तो रह्यो काजलको विवाह



एजेन्सी – अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरेकी छन् । काजलको विवाह मुम्बईको होटलमा भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण काजलले सानो जमघट मात्र गरेर विवाह गरेकी थिइन् ।

सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ ।

उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् । शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् ।