चैत्र १५, २०८० बिहीबार

दुर्घटनामा श्रीमती र छोरी गुमाएका थिए जो बाइडन



अमेरिकी राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति ट्रम्पलाई कडा टक्कर दिइरहेका डेमोक्रेटिक उम्मेद्वार जो बाइडन दुर्घटनामा आफ्नो जीवनसंगीनी र छोरी गुमाएका थिए ।

सन् १९७२ मा जो बाइडनकी जेठी श्रीमती निएला हंटर र छोरी नेओमीको कार दुर्घटनामा मृत्यु भएको थियो ।

सो समयमा छोराहरु जोसेफ ब्यू बाइडन र हन्टर बाइडनलाई गम्भीर चोट लागेको थियो तर उक्त दुर्घटनामा दुबैको ज्यान बचेको थियो ।

तर जेठाछोरा ब्यूको सन् २०१५ मा ब्रेन क्यान्सरका कारण ४६ वर्षको उमेरमा मृत्यु भएको थियो । बाइडनले जोसेफलाई अमेरिकाको राष्ट्रपति भएको हेर्न चाहन्थ्थे । जोसेफ ब्यू सन् २००८ र सन् २०१३ मा अमेरिकाका पूर्व राष्ट्रपति ओबामाको क्याम्पेनको महत्वपूर्ण सदस्य थिए भने सन् २००७ देखि २०१५ सम्म यूएस स्टेट अफ डेलवायरको ४४ औं एटोर्नी जनरल रहेका थिए ।

जो बाइडन सधैं उनका छोराले अमेरिकाको राष्ट्रपतिको पदको कमान सम्हालोस् भन्ने चाहन्थे । बाइडनले आफ्नो मेमोएरमा आफ्नो छोराबारे लेखेका थिए – म सधैं चाहन्थेँ कि मेरो छोरा राष्ट्रपति पदको चुनावको लागि लड्न सक्छ र ऊ पनि आफ्नो भाइले मद्दतले जित्न सक्छ ।

दर्घटनामा श्रीमतीको निधन भएको केही वर्षपछि भने बाइडनले दोस्रो विवाह गरेका थिए । दोस्रो श्रीमतितर्फ उनकी एक छोरी एश्ले बाइडन छन् ।

यता बाइडनका कान्छो छोरा हंटर बाइडन थुप्रै विवादमा घेरिसकेका छन् । उनीमाथि आफ्नो पिताको पदको फाइदा उठाएको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष एक पत्रकार सम्मेलनमा चीनले हंटरलाई एक ट्रेड डीलका लागि अत्यधिक पैसा दिएको आरोप लगाएका थिए ।

बाइडन आफ्नो जीतको विषयमा निकै विश्वस्त छन् । उनी यसअघि दुईपटक अमेरिकाको राष्ट्रपति पदको चुनाव लडिसकेका छन् ।