बैशाख २, २०८१ आईतबार

नेपाल प्रहरीमा भान्छे, हजाम, सिलाई बुनाई, माली, कुचिकार र खेलाडीको लागि जागिर खुल्यो



काठमाडौँ । नेपाल प्रहरीमा भान्छे, हजाम, सिलाई बुनाई, माली, कुचिकार र खेलाडीका लागि भर्ना खुलेको छ । प्रहरीमा भर्ती भएर सरकारी जागिरमा ढुक्क हुन र देशको सेवा गर्न चाहनेहरुका लागि यो अवसरको ढोका हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि आवेदन माग गरेको छ ।

२ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइरबुनाइतर्फ, ५० जना कुचिकार, ९ जना मालीरबगैंचे र १५ जना खेलाडीका लागि जागिर खुलेको हो । मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय दिइएको छ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाका साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने छन् ।

खेलाडीबाहेक अन्यले ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिने बताइएको छ।