बैशाख १५, २०८१ शनिबार

हनिमुन मनाउन माल्दिभ्स पुगेकी काजलले सार्वजनिक गरिन् राेमान्टिक तस्वीर



मुम्बई – हनिमुन मनाउन माल्दिभ्स पुगेकी बलिउड अभिनेत्री काजल अग्रवालले हट तस्वीरहरु सार्वजनिक गरेकी छन् । लामो समयदेखिका प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी उनले इन्स्टाग्राममा हनिमूनका केही तस्बिर सार्वजनिक गरेकी हुन् ।

इन्स्टाग्राममा सार्वजनिक गरेका तस्वीरमा काजल समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।

एक तस्बिरमा काजलले पतिसँग रोमान्टिक अन्दाजमा पनि खिचाएकी छन् । काजलका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले रुचाएका छन् ।

काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।

विवाहको कुरा सार्वजनिक गर्दै उनले लेखेकी थिइन्, ‘३० अक्टोबर २०२० मा गौतम किचलूसँग एक नीजी समारोहमा परिवारको उपस्थितीमा म विवाह गर्न लागेको खबर सुनाउँदा मलाई निकै खुसी लागिरहेको छ । यो महामारीले निश्चित रुपमा हाम्रो खुसीमा पर्दा हालेको छ तर हामी सँगै आफ्नो जीवनको सुरुवात गर्नका लागि निकै रामाञ्चित छौं । वर्षौंदेखि तपाईंहरुले ममाथि जुन प्रेम बर्साउनु भयो त्यसका लागि धन्यवाद र यो नयाँ यात्राको सुरुवातका लागि हामीलाई तपाईंको आशीर्वादको आवश्यकता छ ।’

सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् । काजल हिन्दी फिल्मको अलवा साउथ फिल्ममा पनि आफ्नो पहिचना बनाउन सफल छिन् । साउथ फिल्म उद्योगमा उनले २००७मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनी तमिल, तेलूगूमा बनेको फिल्म ‘मगाधीर’, ‘आर्या २’, ‘डार्लिङ’,‘ मिस्टर परफेट’, ‘विवेगम’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी छन् ।