चैत्र १६, २०८० शुक्रबार

परिवर्तनको शुरुवात बिकनी लगाएर ?



विश्वमा परिवर्तनका लागि भनेर ठूला ठूला युद्ध भए । धेरै मूलुकमा क्रान्ति भए । जन आन्दोलन भए । समाज परिवर्तन भनेर कतिले सामाजिक सुधारको अभियान चलाउँछन् । आफ्नो मानसिकता परिवर्तन गरेर मात्र समाज परिवर्तनको अभियानमा लाग्नुपर्छ भन्ने कतिको भनाई हुन्छ, त्यसैले कति विपस्यना जान्छन् ।

सकारात्मक परिवर्तनकै लागि भनेर विभिन्न मूलुकले करोडौँका कार्यक्रम चलाएका हुन्छन् । सचेतना अभियान, तालिम, गोष्ठी, अन्तरक्रिया, नाटक, बृत्तचित्र, सँगीत तथा जनचेतनाका अन्य तरिकाहरु प्रयोग गरेर परिवर्तनका लागि सरकारी तथा गैरसरकारी निकायबाट पहल भइरहेको हुन्छ ।

विश्वमा नै महिलाको अधिकारका लडाइहरु अद्योप्रान्त जारी छन् । आफूलाई विश्वको महाशक्ति राष्ट्र ठान्ने, अधिकारको सबैभन्दा धेरै वकालत गर्ने संयुक्त राज्य अमेरिकाले भर्खरमात्र इतिहासमै पहिलोपटक महिला उपराष्ट्रपति चुनेको छ । महिलाहरुलाई नेतृत्वमा नपत्याउने र नचाहने, क्षमता नभएको आरोप लगाउने, यावत् मानसिक समस्याका कारण महिला अधिकारको लडाइँ विश्वभरी नै जारी छ ।

तर यही लडाइको बीचमा एउटी अभिनेत्री बिकनी लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छिन् ‘परिवर्तनको सुरुवात आफुबाटै गर्नुस् । यदि तपाईं परिवर्तन चाहानु हुन्छ, भने पहिले आफूमा परिवर्तन ल्याउनुस् ।’

हालैमात्र भारतीय अभिनेत्री कश्मीरा शाहले इन्स्टाग्राममा फोटो पोष्ट गरेर परिवर्तनको सुरुवात आफुबाटै गर्नुपर्ने सूचना प्रवाह गरेकी छन् । जसका कारण पछिल्लो समय चर्चामा पनि छिन् ।

हालै उनले इस्टाग्राम मार्फत केही तस्बिर शेयर गरेकी थिइन् । जसमा उनी पहिले झै फिट देखिएकी छन् । तस्बिरमा उनले हट एण्ड फिट बडी समेत प्रस्तुत गरेकी छन् । निलो बिकनीका साथमा मल्टी कलरको कोटमा देखिएकी छन् । ओठमा ब्राउन लिपिस्टिक लगाएकी उनी स्वरुपमा निकै आकर्षक देखिन्छिन् ।

उनले यो हट पोज स्वीमिङ पुलको किनारमा उभिएर दिएकी हुन् । तस्बिरका साथ उनले क्याप्सन लेखेकी छन् ‘परिवर्तनको सुरुवात आफुबाटै गर्नुस् । यदि तपाईं परिवर्तन चाहानु हुन्छ, भने पहिले आफूमा परिवर्तन ल्याउनुस् ।’

यस अगाडि कश्मीराले कालो पहिरनमा फोटोसुट गराएकी थिइन् । कश्मिराको तस्बिर उनका पती कृष्णाले पनि शेयर गरेका छन् । तस्बिका साथ उनले लेखेका छन् ‘जब तपाईलाई घरमै बिरयानी खान मिल्छ, भने बाहिर गएर दाल मखनी कस्ले खान्छ ?’ मलाई तिमी प्रति गर्ब छ है कश्मिरा । तिमीले आफ्नो हट अन्दाज फेरि फिर्ता ल्याएकोमा ।’

कामको कुरो गर्ने हो भने कश्मीरा पछिल्लो समय फिल्म क्षेत्र भन्दा बाहिर छिन् । तर, उनी इभेन्ट तथा पार्टीमा देखिने गर्दछिन् । उनी कृष्णा काम गर्ने ‘द कपिल शर्मा शो’मा समेत पुगेकी थिइन् ।

हुन त ग्ल्यामरको क्षेत्रमा परिवर्तन नै त्यही भन्ने तर्क पनि आउन सक्छ । सामाजिक परिवर्तन र ग्ल्यामरको क्षेत्रको पाटो फरक हो भन्ने तर्क जोडदार रुपमा उठ्न सक्छ । तर जुनसुकै क्षेत्र भएपनि परिवर्तनको शुरु विकनी लगाएर होइन भन्ने कुरा चाहीँ सत्य हो ।