बैशाख १, २०८१ शनिबार

मेलिना र राहुलको ‘जीवन सुनमा सुगन्ध’!



काठमाडौँ – राहुल रक्स र मेलिना राईको स्वर रहेको गीत ‘जीवन सुनमा सुगन्ध’ सार्वजनिक भएको छ । सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतले माया प्रेमको कथा बोकेको छ ।

गीतमा संगीत संयोजन महाराजा थापाले गरेका छन् ।  गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा जुना गुरुङ र शान्ताराम थापाको अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालको छायाँकन, बिष्णु खड्काको सम्पादन रहेको गीतमा जगत रेग्मीले कोरियोग्राफी गरेका छन् ।

प्रिजम मुभिजले निर्माण गरेको भिडियोका निर्देशन संचारकर्मी सुरज पौडेलले गरेका हुन् ।