चैत्र १६, २०८० शुक्रबार

नायिका श्वेता खड्का अब व्यवसायमा, बनिन ईकमर्स कम्पनी अल्टिमोडिलको अध्यक्ष



काठमाडाैं । सामाजिक सेवाका विभिन्न अभियान सञ्चालन गरेकी नायिका श्वेता खड्का व्यवसायीक क्षेत्रमा लगानी गर्न थालेकी छन् ।

व्यवसायीक क्षेत्रमा अगाडि बढ्ने क्रममा खड्काले नेपाली ईकमर्स कम्पनी अल्टिमोडिलमा लगानी गर्दै कम्पनीको अध्यक्षमा समेत चयन भएकी छन् ।

स्वेता खड्का नायिका मात्र नभएर व्यवसायी समेत हुन् । उनले धेरै प्रकारका व्यवसाय सञ्चालन गरिरहेकी छन् । पछिल्लो समय ईकमर्सको लोकप्रियता बढिरहेका बेला स्वेताले पनि ईकमर्समा लगानी गरेकी हुन् ।

सन् २०१७ मा अल्टिमोडिलको जन्म भएको थियो । एकलाख २० हजार रुपैयाँबाट सुरु भएको अल्टिमोडिल आज करोडौंको कम्पनी भएको छ । अल्टिमोडिल सुरु भएको पहिलो दिनमै ५० अर्डर आएको थियो ।

कम्पनीमा नयाँ लगानी आएसँगै नेपालमै उत्पादन भइरहेका प्रडक्टहरु बजारमा लिएर आउने र त्यही हिसाबले मार्केटिङलाई पनि अगाडी बढाउने अल्टिमोडिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले बताए ।

उनका अनुसार रिमोट एसियातिर पनि डेलिभरीलाई अब बलियो बनाउने कम्पनीको योजना रहेको छ ।अल्टिमोडिलमा नायिका स्वेता खड्काले कति लगानी गरिन त्यो चाही अहिले खुलाउन नमिल्ने घिमिरेले बताए । कम्पनीले सिधैं उत्पादक तथा आपूर्तिकर्ताहरुसँग सहकार्य गरेर पनि विभिन्न सामानहरु उपलब्ध गराइरहेको छ ।

अल्टिमोडिलबाट अहिले ग्रोसरी, इलेक्ट्रोनिक्स, गेम्स तथा कन्सोल, हेल्थ तथा फिटनेस, मेन्स तथा वमन्स फेसन, अटोमोबाइल्स, बुक्स, स्न्याक्स, नुडुल्स, गिफ्ट लगायतका विभिन्न सामानहरु खरिद गर्न सकिन्छ । साथै यसमा भन्डे बनेर पनि आफ्नो सामानहरु बिक्री गर्न सकिने आइसिटी समाचारले जनाएको छ ।