बैशाख १२, २०८१ बुधबार

अब नर्सको भरमा विद्यालय खुल्ने



कोरोना भाइरसको कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन अस्तव्यस्त भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयमा नर्स नियूक्त गरेर कक्षा सञ्‍चालनको तयारी गरेको छ ।

मंसिर ७ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको नगरपालिकाले नर्स नियुक्त गर्ने र जनस्वास्थ्यका सबै मापदण्ड पालन गरेर कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

कोभिडका कारण चैतदेखि बन्द रहेका विद्यालयमा विद्यार्थीलाई भौतिक रूपमै शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउन नगरपालिकाले स्टार्फनर्स नियुक्त गरिसकेको छ । जसले विद्यार्थीहरुको आधारभुत स्वाथ्य चेकजाँच देखि पोषणसम्मका क्रियाकलापहरु हेर्ने छन् ।

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसारको जनस्वास्थ्य मापदण्ड त छ नै स्टाफ नर्स नै नियुक्त गरेर कक्षा संचालन गर्ने तिलोत्तमा यस क्षेत्रमै पहिलो नगर बन्ने भएको छ । विद्यलयमा स्टार्फ नर्स राखेर प्राथमिक उपचारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगर स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भएरनभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ(संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत गठन गरिएको छ । कोभिडलाई ध्यान दिएर तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको हो ।

सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय स् एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको हो । विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएका छन् ।

नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो । बाँकी सामुदायिक विद्यालयका लागि पनि विद्यालय नर्स नियुक्त हुने नगरपालिकाको भनाइ छ ।

विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई र पोषणमा प्रवद्र्धन गर्दै मानसिक स्वास्थ्य र किशोर(किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमको अवधारणा आएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । कार्यक्रमअनुसार नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवर्द्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

यस्तै उनीहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भएरनभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्नेछन् ।