चैत्र १६, २०८० शुक्रबार

७६ वर्षीय बृद्धद्वारा बालिका र ३४ वर्षका युवकद्वारा बृद्धा बलात्कृत



७ वर्षकी बालिका र ७६ वर्षकी बृद्धालाई बलात्कार प्रयास गर्ने २ जना पक्राउ परेका छन् । पोखरामा ७१ वर्षीया बृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय युवक घनश्याम गिरी र सप्तरीमा ७ वर्षकी बालिकालाई बलात्कार गर्ने ७६ वर्षका बृद्ध लक्ष्मी महतो पक्राउ परेका हुन् ।

पोखरा १९ पुरन्चौर बस्ने ३४ वर्षीया गिरीले गएराती ९ बजे एकल बृद्धाको घरमा छिरेर जबर्जस्ती करणी प्रयास गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्त सुवास हमालका अनुसार अभियुक्त गिरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

त्यस्तै सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ ।

गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश सिंहले बताए । महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिका चिच्याउन थाल्दा स्थानीयहरु गएर बालिकाको उद्धार गरेको तिरहुत ५ का वडा अध्यक्ष रमानन्द चौधरीले बताए ।

वडा अध्यक्ष चौधरीका अनुसार महतोले ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यस्तै किसिमको यौन दुव्र्यबहार गरेका थिए । ‘त्यस बेला गाउँले मिलेर उनलाई ६ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको थियो’ चौधरीले भने, ‘तर उनले पुनः यस्तो घटना गरेका छन् ।’