बैशाख ३, २०८१ सोमबार

आज तपाइँको दिन कस्तो छ ? राफिल हेर्नुहोस्



विसं.२०७७ साल पौष ०८ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–नवमी,३७ घडी २९ पला, बेलुकी ०९ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती, ५८ घडी १६५ पला । योग–वरियान, २० घडी ५७ पला, दिउँसो ०३ बजेर १६ मिनेट उप्रान्त परिध ।

करण–बालव, बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त कौलव, बेलुकी ०९ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला । पाँगामा वैष्णवी देवी यात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालनमार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिँढि चढ्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रह योग रहेको छ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रवाह गर्नेहरुलाई रिझाएर महत्वपूर्ण काम दिन सकिनेछ । पढार्इ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मायाप्रेम तथा पतीपत्नीबीच केहि विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिने समय रहेको छ । साझेदारहरु बीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलासी वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउने प्रतिस्पर्धीहरुलाई हराउँदै अघि बढ्न सकिनेछ भने शत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् । पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथी भेटिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतीले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढि नतिजा आफैंतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ, सजक रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्बन्धि समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवादित विषयहरुको निर्णय तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरीको यात्रा तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथस्भाइ तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे धन लाभ हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापन सुदृढ हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरुको प्रयोग मार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।