बैशाख १२, २०८१ बुधबार

बोक्सी भन्दै सासुको हत्या गरेर फरार महिला पक्राउ



आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ ।

बोक्सीको भन्दै सासुको हत्या गर्ने सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साहलाई रइलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मन्जुदेवीलाई आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

गत कात्तिक ११ गते मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेकी थिइन् ।

बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताए ।