बैशाख १३, २०८१ बिहीबार

लगातार घटेको सुनको भाउ तोलामा २३ सय रुपैयाँले घट्यो



सुनको भाउ आज आइतबार तोलामा २३ सय रुपैयाँले घटको छ ।

तीन दिन यता लगातार घटिरहेको भाउ शुक्रबारको भन्दा घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको हो ।

गत साता बढ्ने क्रममा प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको थियो। शुक्रबार १३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। चाँदी ६० रुपैयाँले घटेर प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहँदा यसको प्रभाव स्थानीय बजारमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५९।८२ डलरले गिरावट आएको छ।

सुन प्रतिऔंस १८४९।१५ डलर भएको छ। चाँदी प्रतिऔंस २७।०३ डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। शुक्रबार प्रतिऔंस १९०८।९७ डलर र चाँदी प्रतिऔंस २७।०३ डलरमा कारोबार भएको थियो।