चैत्र १६, २०८० शुक्रबार

रिफ्फा बञ्जारा, २३ वर्षको उमेरमै हजुरआमा



सुन्दा पनि अचम्म लाग्ने, उमेर २३ वर्ष तर हजुरआमा बनिसकेको ।

हो रोमानियाको एक महिला २३ वर्षको उमेरमा हजुरआमा बनेकी छन् । ११ वर्षीया छोरीले छोरा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् ।

रोमानियाको बञ्जारा जातिमा एकदमै सानो उमेरमा नै विवाह गरिदिने चलन छ त्यसैले पनि एकदमै कम उमेरमा उनीहरु बुबाआमा बन्ने गर्छन्।

२३ वर्षीया हजुरआमा रिफ्फाकी आमा अहिले ४० वर्षकी मात्र भएकी छन् । रिफ्फाले पनि ११ वर्षकै उमेरमा आफ्नो प्रेमीसँग भागेर विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिफ्फाले १२ वर्षको उमेरमा छोरी मारियालाई जन्म दिएकी थिइन् भने त्यसको केही वर्षपछि दोस्रो सन्तान जन्माएकी थिइन् । रिफ्फा आफ्नी छोरीले पढाइ जारी राखोस् भन्ने चाहन्छिन् ।- एजेन्सीको सहयोगमा