चैत्र १५, २०८० बिहीबार

नेपाली सेनाको इतिहासमा नयाँ किर्तिमान : राधिका बनिन् जंगल युद्धकला तालिम गर्ने पहिलो महिला



काठमाडौं । नेपाली सेनाकाे इतिहासमा पहिलाेपटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सम्पन्न गरेर नाम राखेकी छन्।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – २ थापा टोलकी राधिका थापा सैनिक इतिहासमा प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बनेकी हुन् ।

सेनाभित्र पनि चुनौतीपूर्ण मानिने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम थापाले सफलतापूर्वक सम्पन्न गरेको सैनिक मुख्यालय जंगी अड्डाले विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

सेनाले उक्त तालिम अहिलेसम्म कुनै पनि महिला सिपाहीले नगरेको पनि जनाएको छ ।

तालिम गत कात्तिक १८ गतेदेखि माघ १० गतेसम्म चलेको थियो ।  राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्तामा भर्ना भएकी हुन्।

थापा २०७० जेठ २४ बाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन्।