बैशाख ११, २०८१ मंगलबार

दीपशिखाले ‘श्रीदेवी’ बनाउने



अभिनेत्री तथा निर्मात्री दिपशिखा सिंह खड्काले नयाँ फिल्म बनाउने भएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्म ‘श्रीदेवी’ बनाउन लागेको घोषणा गरेकी हुन् । फिल्ममा शीर्षक भूमिका उनी आफैले निर्वाह गर्नेछिन् । एउटी याैन पेशामा आवद्ध युवतीको कथामा बन्न लागेको बताइएको फिल्म फौजी फिल्मको ब्यानरमा निर्माण हुन लागेको हो ।

स्क्रिप्ट समेत अभिनेत्री खड्काकै रहेको फिल्मको अन्य कलाकार र प्राविधिक सबै टुङ्गो लाग्न बाँकी रहेको छ ।

सबै टुंगो लाग्ने बित्तिकै फिल्म छायाँंकनमा निस्कने निर्माता खड्काले बताइन् । उनले केही पहिले ‘प्रेमलीला’ नामको फिल्म निर्माण गरेकी थिइन् ।