बैशाख १२, २०८१ बुधबार

भूमिहीनलाई जग्गा उपलब्ध गराउन सबै जिल्लामा पुग्याे आयोग, ५४ जना महिला नियुक्त



काठमाडाैं – सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ ।

गत माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लाका लागि नियुक्त गरेका अध्यक्ष, सदस्य र विज्ञको नामावली सोमबार राजपत्रमार्फत सार्वजनिक गरेको हो । राजपत्रमा सार्वजनिक भएको सूचना अनुसार जिल्ला समितिमा हरेक जिल्लामा १/१ जना अध्यक्ष र १/१ जना विज्ञ र १/१ जना सदस्य गरी ७७ जिल्लामा २ सय ३१ जना पदाधिकारी छन् ।

पदाधिकारी मध्ये ६ जिल्लाका अध्यक्ष, १४ जिल्लामा विज्ञ र ३४ जिल्लाका सदस्य पदमा महिला छन् । पाँचथर करुणा राई, पर्सा विनादेवी शर्मा, नुवाकोट विन्दा ढुंगाना, बाँकेमा शान्तिदेवी ढकाल, नवलपरासी पश्चिममा विमला अर्याल, कञ्चपुरमा कुमारी कमला बोहोरा अध्यक्ष  छन्।

त्यसैगरी विज्ञतर्फ धनकुटामा सावित्रा राई, संखुवासभा बेद कुमारी रिमाल, रसुवामा शुष्मा न्यौपाने, रामेछापमा गंगादेवी कार्की, सिन्धुपाल्चोकमा भगवती अधिकारी, काठमाडौंमा मिना रेग्मी, मनाङमा नन्दा गुरुङ्, म्याग्दीमा दिवा कुमारी तिलिचा पुन छन् ।

त्यस्तै विज्ञमै  पर्वतमा विन्दु अधिकारी, कास्कीमा सुशिला पौडेल अधिकारी, गुल्मीमा शान्ता पोखरेल, रोल्पामा कृष्णी कुमारी गौतम, रुकुम पश्चिम तुलसा मल्ल, दार्चुलामा लक्ष्मी कुमारी लुहार छन् ।

सदस्यहरुमा खोटाङ्गमा दिल कुमारी राई, सोलुखुम्बुमा मोहन कुमारी कार्की, उदयपुरमा कान्ता कुमारी राई, सप्तरीमा जितकुमारी पौडेल, सिराहामा सम्झना थपलिया, धनुषामा गिता कुमारी शाह, सर्लाहीमा संजीता घिमिरे उप्रेती, रौतहटमा विना देवी, धादिङ्गमा गंगा देवी श्रेष्ठ, चितवनमा महादेवी शर्मा, मकावानपुर ंंप्रतिमा श्रेष्ठ, सिन्धुलीमा विष्णु कुमारी पाण्डे, दोलखामा गोमा केसी, काभ्रेमा अम्बिका ठकुरी, भक्तपुरमा उत्तरा नेपाल, मनाङमा ममता गुरुङ, स्याङजामा भगवती शर्मा, तनहुँमा शान्ति कुँवर, लमजुङमा लोक कुमारी अधिकारी, नवलपुरमा जोगमाया महतो, रुपन्देहीमा गंगा कार्की, कपिलवस्तु मञ्जु चौधरी, अर्घाखाँचीमा शिवकला विश्वकर्मा, पाल्पामा दुर्गादेवी राना, रुकुम पूर्व केश कुमारी तुलाचन, डोल्पामा काली चलाउने, सल्यानमा कुन्ती बस्नेत, दैलेखमा तप्त कुमारी खड्का थापा, सुर्खेतमा नन्दा गुरुङ्ग, बाजुरामा कर्मकला रोकाया, डडेल्धुरामा तारा कुमार िकार्की, अछापमा प्रगती थापा रावल, बझाङ्गमा शारदा कुमारी विक र बैतडीमा जानकी अवस्थी नियुक्त भएका छन् ।

नव नियुक्त आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोगका अध्यक्ष देवी ज्ञवालीले गराउने जनाइएको छ ।

भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सोही जिल्लाका नेकपा नेता छन् । आयोगको अध्यक्ष र सदस्यमा महिलाको संख्या पनि उल्लेख छ । आयोगका अध्यक्षले नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सरहको र सदस्यले द्धितिय श्रेणी (उपसचिव) सरहको सेवा सुविधा पाउने छन् ।