बैशाख १, २०८१ शनिबार

घर पोत्ने माटो खन्दा ३ महिलाको मृत्यु



टीकापुर — कैलालीमा शनिबार घर पोत्ने माटो खन्न गएका तीनजना महिलाको ढिस्कोले पुरिएर मृ त्यु भएको छ भने अन्य दुई घा‍इते भएका छन ।

जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको मृ त्यु भएको हो ।

उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।