बैशाख ११, २०८१ मंगलबार

भरुवा बन्दुकले हानेर छोरीको हत्या



बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुक पड्काएर हत्या गरेका छन् ।

श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि उनले छोरीको गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए।

उनले शनिबार बेलुकी ५ बजेतिर घटना भएको बताए। बैतडीमा लुकाइछिपाइ स्थानीयले भरुवा बन्दुक राख्ने गरेको पाइएको छ। गोली प्रहार गर्ने बुबा भने अहिले फरार छन्।