बैशाख २४, २०८१ सोमबार

महिला लिग फुटबलमा आर्मीसँग वालिङ्ग र पुलिससँग विराटनगर भिड्दै



काठमाडाैं – राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र स्याङ्जाको वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिका प्रतिष्पर्धा गर्नेछन् ।

आर्मी र वालिङबीचको पहिलो खेल मध्यान्ह १२ बजे शुरु हुनेछ । आर्मी ७ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तै आजै हुने पुलिस र विराटनगरबीचको दोस्रो खेल अपरान्ह ३ बजे शुरु हुनेछ ।

विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा छ भने पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । दुबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।