बैशाख १३, २०८१ बिहीबार

भागरथीकाे हत्या छिमेकीले नै गरेकाे खुल्याे, आज सार्वजनिक हुँदै



काठमाडाैं –  बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ब‘लात्का’रपछि ह’त्या गरेको अभियोगमा प’क्रा’उ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।

ह’त्या अ’भि’योगमा प’क्रा’उ परेर मंगलबार जिल्ला प्रहरी कार्यालय लगिएका भागरथीकै सहपाठी दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको हो । भागरथीकै छिमेकी रहेका दिनेश सनातन माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

घटनाको अनुसन्धानका क्रममा प’क्रा’उ परेका भट्टले भागरथीको ब’लात्का’रपछि ह’त्या स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । दिनेशले  ‘ब’दला लिन यस्तो गरेँ’ भनेर साबिती बयान दिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा ब’लात्का’रपछि ह’त्या गरेको उनले स्विकारेका छन् । बुधबार उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले भने ।

आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घा’इते अवस्थामा ब’लात्का’र गरेको बयान दिएको प्रहरी स्रोत बताउँछ ।दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्क विहीन भएकी थिइन् । अर्को दिन माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा श’व फे’ला परेको थियो ।

याे पनि पढ्नुहाेस् : भागरथी भट्टको पिछा गर्नेतर्फ अनुसन्धान केन्द्रित, गाउँकै २ व्यक्ति निगरानीमा

आरोपीले पुरानाे पारिवारिक ब’दला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्र’तिशो’ध लिन छोरीलाई ब’लात्का’र गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने । घटनामा उनकाे संलग्नता पुष्टि गर्ने अन्य प्रमाण पनि रहेकाे प्रहरीको दाबी छ । तर, उनलाई प’क्रा’उ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि प’क्रा’उ गरिएको स्रोत बताउँछ ।

भागरथीको ब’लात्का’रपछि ह’त्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । ‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले भने, ‘यो घटनापछि त्यो केटो ड’राएको देखिन्थ्यो, ऊ आफैँ संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’

कञ्चनपुरकी निर्मला पन्तको घटनामा अपराधी पत्ता लगाउन असफल भएकाे प्रहरीले याे घटनामा शुरूदेखि नै सं’वेद’नशिलता अपनाएकाे थियाे । प्रहरी अनुसन्धानमा शं’का गर्दै पी’डित परिवारले अहिलेसम्म श’व समेत बुझेका छैनन् ।

त्यसैले प्रहरीले भने शं’कास्प’दलाई प’क्रा’उ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अ’भि’युक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वकाे टोली भोलिपल्टै घटनास्थल पठाएको थियो। त्यसको अर्को दिन अर्थात् माघ २४ गतेदेखि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तम सुवेदी पनि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारी लगायतका अधिकांश प्रहरी अधिकृत पनि यतिबेला घटनास्थलमै खटिएर अनुसन्धनन गरिरहेका छन्।