बैशाख १३, २०८१ बिहीबार

बलात्कारको बदला लिन भागरथीको हत्या गरेको किशाेरकाे बयान



काठमाडौँ – बैतडीकी किशोरी भागरथी भट्टको ह’त्यामा संलग्न भएको आरोपमा प’क्राउ परेका किशोरले आफूले आफ्नो परिवारका सदस्यमाथी भएको ब’लात्का’रकै बदला लिन ह’त्या गरेको स्वीकार गरेका छन्।

घटनाको १३ औँ दिनमा प’क्राउ परेका दिनेश भट्टले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले ब’लात्का’र गरेको घटनाको बदला लिन’ उनको ह’त्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन्। उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने बताइएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएको ब’लात्का’रको बदला लिन उनकै छोरीको ह’त्या गरेको हुँ भनेर बयान दिएका छन्।’

प’क्राउ परेका युवकको भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनको नजिकको नाता पर्ने एक महिलामाथि ब’लात्का’र गरेका थिए। तर त्यो घटना गाउँमै मिलाइएको थियो।

ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्। भागरथीका बुवाको नि’धन भइसकेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटना भएका दिन ती किशोर दिउँसो साढे १२ बजे विद्यालयबाट निस्केर जंगलमा एक्लै भागरथीलाई ढुकेर बसेका थिए। दिउँसो २ बजेपछि भागरथी त्यही बाटो भएर विद्यालयबाट घर फर्किरहेकी थिइन्। चाउचाउ खाँदै घर फर्किरहेकी भागरथीलाई ती किशोरले पछ्याएको र सडकबाट धकेलेको बयानमा उल्लेख छ।

यो पनि पढ्नुहोस् : भागरथी भट्टको पिछा गर्नेतर्फ अनुसन्धान केन्द्रित, गाउँकै २ व्यक्ति निगरानीमा
                           भागरथीको ह’त्या छिमेकीले नै गरेको खुल्यो, आज सार्वजनिक हुँदै

भागरथीको मोबाइल बाटोमै खसेको थियो । सडकबाट धकेलेपछि खोल्सोमा झरेकी भागरथीको घाँटी थिचेर ह’त्या गरेको बयानमा उल्लेख छ। भागरथी महिनाबारी भएको देखेपछि ब’लात्का’र भने नगरेको बयान किशोरले दिएको ती प्रहरी स्रोतले बतायो।तर भागरथीको ब’लात्का’रपछि ह’त्या भएको पो’ष्टमा’र्टम रिपोर्टमा उल्लेख छ। प’क्राउ परेका किशोरलाई बुधबार दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। घटनापछि भागरथीलाई न्याय माग्दै भएको प्रदर्शनमा पनि ती किशोर हरेक दिन सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्क विहीन भएकी थिइन् । अर्को दिन माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा श’व फे’ला परेको थियो ।

कञ्चनपुरकी निर्मला पन्तको घटनामा अपराधी पत्ता लगाउन असफल भएकाे प्रहरीले याे घटनामा शुरूदेखि नै सं’वेद’नशिलता अपनाएकाे थियाे । प्रहरी अनुसन्धानमा शं’का गर्दै पीडित परिवारले अहिलेसम्म श’व समेत बुझेका छैनन् ।

त्यसैले प्रहरीले भने शं’कास्प’दलाई प’क्रा’उ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अ’भि’युक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वकाे टोली भोलिपल्टै घटनास्थल पठाएको थियो। त्यसको अर्को दिन अर्थात् माघ २४ गतेदेखि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तम सुवेदी पनि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारी लगायतका अधिकांश प्रहरी अधिकृत पनि यतिबेला घटनास्थलमै खटिएर अनुसन्धनन गरिरहेका छन्।