बैशाख ३, २०८१ सोमबार

सहसचिव र उपसचिव बढुवाको विज्ञापन रद्द



काठमाडौं । लोक सेवा आयोगले परराष्ट्र र नेपाल इञ्जिनियरिङ सेवाका सहसचिव र उपसचिवको बढुवाको विज्ञापन रद्द गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार आयोगले बिहिबार एक सूचना जारी गर्दै बढुवा विज्ञापन रद्द गरेको हो ।

नेपाल इञ्जिनियरिङ सेवा सिभिल समूह, इरिगेशन उपसमूहको सहसचिव सरह राजपत्रांकित प्रथम श्रेणी तथा नेपाल इञ्जिनियरिङ सेवा,इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उप समूहको उपसचिव सरह राजपत्रांकित द्धितिय श्रेणीका पदको बढुवा तथा विज्ञापन रद्द गरेको जनाएको छ ।