बैशाख १५, २०८१ शनिबार

‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’



काठमाडौँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यकालमा ‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’ भन्ने विश्वास दिलाउने गरी काम गर्ने बताएकी छन् ।

आयोगले १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित पत्रकार–अन्तक्र्रिया कार्यक्रममा उनले आयोगबाट हिंसामा परेका महिलाले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

अध्यक्ष पराजुलीले जनसङ्ख्याका आधारमा आधा हिस्सा ओगटेका महिलाको विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने र महिलामाथि हिंसा गर्ने पीडितलाई दोषी ठहर गर्ने अभियानसमेत सञ्चालन गर्ने तयारी रहेको योजना सुनाइन् ।

उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गरी महिला हिंसाका बारे बालबालिकालाई जानकारी दिन पाठ्यक्रममा नै समावेश गर्न सुझाव दिइएको जानकारी दिइन्। अध्यक्ष पराजुलीले बालिका र किशोरीमाथि विद्यालय, कार्यस्थल वा परिवारकै आफन्तबाट नै हिंसाका घटना आउने गरेको हुँदा हिंसामुक्त समाज निर्माणका लागि सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्ने जरुरी रहेको बताइन् ।