बैशाख ८, २०८१ शनिबार

राष्ट्रपतिले आज प्रमुख राजनीतिक दलका नेतासँग गर्ने छलफल



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले पछिल्लो राजनीतिक परिस्थितबारे आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग अपराह्न ४ बजे शीतल निवासमा छलफल आयोजना गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ । यसैबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएपछि सोही विषयमा राष्ट्रपति सक्रिय भएको अर्थ्याइएको छ ।