बैशाख ७, २०८१ शुक्रबार

तौल सन्तुलन, मुटु, मस्तिस्कको सुरक्षा र क्यान्सरको उपचारमा चुकन्दर



काठमाडाै । बिटरुट अर्थात् चुकन्दर । गर्मीको मौसममा चुकन्दर खानाले थुप्रै फाइदा दिन्छ । गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यालाई टाढा राख्नुका साथै छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ ।

यदि कसैको शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा पुर्‍याउँछ । यसमा उच्च पौष्टिक तत्व र पानी प्रशस्तै हुन्छ । साथै यसमा फ्याटको लेभल शून्य हुने भएकोले यसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । गर्मीको समयमा चुकन्दर खानुको फाइदा यसप्रकार छन् :

भरपुर पोषण : यदि तपाईंको रगतमा हेमोग्लोबिनको मात्रा कम छ भने डाक्टरले पक्कै पनि खानामा चुकन्दर सेवन गर्ने सल्लाह दिएको हुनुपर्छ ।

चुकन्दरमा लगभग हरप्रकारको भिटामिन र मिनरल पाइन्छ, जुन हाम्रो शरीरको लागि आवश्यक हुन्छ ।यो पोटासियम र फोलेटको पनि राम्रो स्रोत हो । यसमा पाइने नाइट्रेट हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

मुटुसम्बन्धी रोगका लागि राम्रो : चुकन्दरको जुस नियमित रूपमा सेवन गर्नाले कार्डियोभास्कुलर रोगहरू वा मुटुसँग जोडिएका रोगहरूको खतरा कम हुन्छ । यसमा नाइट्रेट हुन्छ ।

र नाइट्रेट पछि नाइट्रेट अक्साइडमा परिवर्तन भएपछि रक्त प्रवाहलाई नियमित गर्न मद्दत गर्छ । जसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ भने हृदयघात र स्ट्रोकको खतरा पनि कम गर्छ ।

मस्तिष्कको सुरक्षा: चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस गर्न सजिलो बनाउँछ । यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।

एन्टी क्यान्सर:  चुकन्दरमा पाइने एन्टीअक्सिडेन्टले शरीरमा अस्थिर कोषहरूलाई खोजेर नष्ट गर्ने काम गर्छ । साथे केही अनुसन्धानले चुकन्दरको एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी प्रोपर्टी र न्युट्रिसनल कन्टेन्टले क्यान्सरको उपचारमा मद्दत गर्छ ।

कलेजो र पेटेको सफाइ: चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेटको सफाइ हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकाल्ने तथा यसले कब्जियत भएका बेला पनि राहत पुर्‍याएर पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

तौल सन्तुलन : चुकन्दरमा पोषण तत्व अत्याधिक हुन्छ भने कुनै प्रकारको क्यालोरी हुँदैन । त्यसैले मानिसलाई शरीरको तौल सन्तुलन गर्न पनि मद्दत गर्छ । शरीरमा हुने क्यालोरीको अतिरिक्त मात्रा नबढ्ने भएकोले मानिसको तौल सन्तुलन हुन्छ । चुकन्दरले शरीरमा रक्तचाप र अक्सिजनको स्तर बढाउनुका साथै यसको जुसले सक्रिय र उर्जावान महशुस गराउँछ । यसैले यसलाई प्रि-वर्कआउट ड्रिंक पनि मानिन्छ । यसले मांशपेशीमा हुने दबाब भन्दा पहिले अक्सिजनको प्रवाह गरिदिन्छ ।