बैशाख ८, २०८१ शनिबार

एकैदिन यति धेरै घट्यो सुनको भाउ



सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ ।

तोलामा ३० रुपैयाँले घटेर चाँदीकाे भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।