बैशाख ४, २०८१ मंगलबार

फूलपाती देखि पूर्णिमासम्म क्यू फ्रि



वडा दसैँसहितका चाडपर्वलाई लक्षित गरी सरकारले सार्वजनिक सवारीसाधनका लागि रुट इजाजत खुला गर्ने निर्णय गरेको छ।


दसैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत मुलुकभरि आवतजावत गर्न पाउनेगरी रुट इजाजत खुला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएका छ।

चाडपर्वमा नागरिकलाई देशैभरी सहज आवतजावतका लागि रुट इजाजत खुला गर्ने निर्णय गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। आइतबार संघीय संसद्अन्तर्गतको विकास तथा प्रविधि समितको बैठकमा पनि महानिर्देशक घिमिरेले रुट इजाजत खुला गरिएको जानकारी गराएका थिए।

‘चाडपर्वमा नागरिकलाई देशैभर सहज आवतजावतका लागि रुट इजाजत खुला गर्ने निर्णय गरेका हौँ,’ घिमिरेले भने। अब फुलपातीदेखि पूर्णिमासम्म मुलुकका जुनसुकै रुटमा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने छ।

तर यात्रुवाहक सवारी साधनको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने विभागले जनाएको छ।