बैशाख १, २०८१ शनिबार

गुल्मीकी २६ वर्षीया युवती सर्वाधिक मत सहित महासमिति सदस्य निर्वाचित



गुल्मी – गुल्मीमा २६ वर्षीया युवती सर्वाधिक मत ल्याएर महासमिति सदस्य निर्वाचित भएकी छन् । उनले जम्मा खसेको  ७ सय ९४ मत मध्ये ५ सय ७१ मत प्राप्त गरी महासमिति सदस्य निर्वाचित भएकी हुन्। इश्मा गाउँपालिका–२ की पार्वती कुँवर गुल्मी जिल्लाकै कम उमेरकी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

नेपाली काँग्रेस इश्मा गाउँपालिकाकी उपसभापति समेत रहेकी कुँवरले ५ सय ७१ मत पाएर गुल्मी क्षेत्र नं २ कै दोस्रो धेरै मतका साथ निर्वाचित भएकी हुन् ।

कूल ७९४ मत खसेकोमा पार्टी सचिव खिलध्वज पन्थीले सबैभन्दा धेरै ६३० मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
२०६८ सालदेखि रेसुगा बहुमुखी क्याम्पसको छात्रासंघको सचिवबाट राजनितिमा प्रवेश गरेकी उनी क्याम्पस इकाइ सदस्य,नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य, जिल्ला सचिव, नेपाली काँग्रेसको १३ औँ अधिवेशनमा क्षेत्रिय प्रतिनिधि, नेपाल महिला संघ गुल्मीको क्षेत्रिय कोषाध्यक्ष हुदैँ अहिले महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी कुँवर अधिवक्ता समेत हुन् ।