बैशाख १३, २०८१ बिहीबार

चुनाव हारेपनि आफूलाई विजयी ठानेको छु : सुजाता कोइराला



नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी छन् ।

‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु’ उनले उपसभापति पदमा पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् ‘तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु।’

‘मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु’, उनले लेखेकी छन् ।