बैशाख ८, २०८१ शनिबार

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै



काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् ।

नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो ।

भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक बङ्गलादेश र नेपालले समान दुई खेलमा चार–चार अङ्क जोडेका छन् । भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।

लगातार तीन खेलमा पराजित श्रीलङ्का भने फाइनल होडबाट बाहिरिसकेको छ । नेपालले भारतसँग पर्सि खेल्नेछ ।