बैशाख २, २०८१ आईतबार

कांग्रेस महिला सहमहामन्त्रीमा देउवा पक्षबाट उपाध्याय निर्वाचित



काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय (डिना) निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।

डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताए । विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ ।
उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन् ।

सहमहामन्त्रीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा आदिवासी जनजाति र दलिततर्फको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।