बैशाख १४, २०८१ शुक्रबार

ह्विलचेयरमा हिड्ने लक्ष्मीको साझा पार्टीलाई मासिक रु २० हजार योगदान



अपाङ्गताका कारण ह्विलचियरमा हिड्नुपर्ने एक महिला नेतृले विवेकशील साझा पार्टीलाई मासिक रु २० हजार योगदान गर्ने घोषणा गरेकी छन् ।

साझा पार्टीकी केन्द्रिय सदस्य तथा सदस्यता बिभाग प्रमुख लक्ष्मी घिमिरेले पार्टीका लागि मासिक रु २० हजारका दरले योगदान गर्ने घोषणा गरेकी हुन् ।

अपाङ्गताका कारण ह्विलचियरमा हिड्नुपर्ने अवस्था भएपनि पार्टीकी पूर्णकालिन राजनीति गर्ने घिमिरेलाई सहजताका लागि दिएको पार्टीले मासिक रु २० हजार तलव दिने गरेको थियो ।

तर अहिले पार्टीको पछिल्लो आर्थिक अवस्था र चुनौतीलाई हेर्दा मलाई प्रदान गरेको रकम नलिँदा पार्टीलाई केही आर्थिक भार कम हुने महसुस गर्दै उनले उक्त तलव नलिने घोषणा गरेकी हुन् ।

‘उक्त रकम (बार्षिक रू. २ लाख ६० हजार) मैले पार्टीको लागि पु¥याउने योगदान हुनेछ भन्ने मैले बिश्वास लिएको छ’, उनले भनिन्, ‘मैले पार्टीलाई दिने समय र अन्य योगदानमा कुनै कमी आउने छैन।’ घिमिरे विवेकशील साझा स्थापनाकाल २०७४ देखि नै पहिले कर्मचारी र पछि पार्टीको युवा तथा केन्द्रीय नेतृत्वमा रहेर काम गर्ने पुर्णकालिन नेतृ हुन् ।