बैशाख १२, २०८१ बुधबार

खानाको पैसा बचाउन यी महिला १६ जनासँग डेटमा गइन्



`काठमाडौं । एक महिलाको कथा सुनेर तपाई छक्क पर्न सक्नुहुन्छ । वास्तवमा, यी महिला एक, दुई, तीन होइन १६ जनासँग डिनर डेटमा गएकी छिन् । यी १६ डेटहरू फरक थिएनन्, निरन्तर थिए ।

अर्थात् उनी हरेक दिन डेटमा गइन् । एक भिडियोमा ती महिलाले डेटमा जानुको उद्देश्य पनि बताएकी छिन् । उनको यो कुरा थाहा पाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु हैरान छन् । म्याकल ब्रोक नामकी एक महिलाले टिकटकमा आफ्नो कथा साझा गरेकी हुन् । ब्रोकले भने अनुसार उनी कलेजमा थिइन्, त्यहाँ उनले यो सबै काम गरेकी हुन् ।

उनी १६ दिनसम्म लगातार डेटिङमा गइन् । डेलीस्टारका अनुसार हरेक पटक डेटमा जाँदा आउने बिल साथमा आएका पुरुषहरूले नै तिर्ने गर्थे । त्यसरी ब्रोकले डेटमा जाँदा पैसा बिना नै खाना खान्थिन् ।

रोचक कुरा के भने डेटमा जाने उनको एउटै उद्देश्य थियो । उनले ‘खाना खाने’ भन्ने कुरामा सहमति जनाएर मात्रै डेटमा जाने गर्थिन् । महिलाले आफूसँग त्यतिबेला पैसा नभएको पनि बताइन् ।

त्यसैले कलेजमा उनले यस्तो गरेकी हुन् । पैसा नहुँदा खाना खान पाइनन् । महिलाले भोकै नबस्ने निर्णय गरेर एकपछि अर्को डेटिङ गर्ने निर्णयमा पुगेकी थिइन् ।

डेटमा जान उनले एक डेटिङ एप प्रयोग गरिन् । यद्यपि, यस कार्यमा सामाजिक सञ्जालमा मिश्रित प्रतिकृयाहरु आएका छन् । एक जनाले भनेका छन्, ‘यसले प्रतिभाको परिचय दिन्छ ।’

सोही क्रममा भिडियोमा कमेन्ट गर्दै केही व्यक्तिले उनले पुरुषको प्रयोग गरिरहेको लेखेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसैले गर्दा म कहिल्यै बिल तिर्दिन् ।’

आलोचना गर्दै अर्को एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले यस्तो कहिल्यै गरेको छैन, तपाईले कसैलाई प्रयोग गरिरहनुभएको छ, अर्काको भावना तपाईसँग छ ।’ महिलाको यो टिकटक भिडियोलाई १५ लाखभन्दा बढीले हेरिसकेका छन् ।