बैशाख १२, २०८१ बुधबार

गर्मीमा छालाको स्याहार यसरी गरौं



काठमाडौं । छाला शरीरका लागि सुरक्षात्मक तह हो । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ ।

यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो आदि समस्या देखा पर्छन् । यी समस्या हटाउन गर्मीमा कम्तीमा दिनको दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सन कम हुन्छ । घामबाट र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुुनुपर्छ ।

समर फेसियल

छालाको टेक्स्चर जँचाएर मात्र फेसियल गराउनुपर्छ । पार्लरको विकल्पमा घरमै फेसियल मसाज गर्न सकिन्छ । अझ आफ्नो भान्सा तथा बगैंचाबाट प्राकृतिक सामग्री जुटाएर फेसियल गरियो भने बढी प्रभावकारी हुन्छ । फेसियल गर्दा काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पात आदिको प्रयोगले गर्मीमा छालालाई राहत प्रदान गर्छ ।

समर ब्लिच

दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेट त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो । यो तैलीय छालाका लागि उपयुक्त हुन्छ ।

समर फेसियल प्याक

काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिनुपर्छ । पिम्पल्स हटाउन यो राम्रो फेसप्याक हो । यसमा तुलसी वा पुदिनाको पातको पाउडर पनि मिसाउनुपर्छ । यसको प्रयोगले शीतलता दिनुका अतिरिक्त मरेका कोष, संक्रमण फैलाउने कीटाणु आदि हटाउनुका साथै रोमछिद्र पनि खोल्ने काम गर्छ ।

समर स्किन स्क्रब

डेड सेल्स, सुख्खा तैलीय पसिना, धूलोमाटो आदिले छालाको रोमछिद्र बन्द गर्छन् । यसलाई खोल्न ओटमिल पाउडर, कागतीको रस, पुदिनाको पात, दही, गाजर आदिबाट स्क्रब गर्न सकिन्छ ।

टोनिङ

अल्कोहलयुक्त स्किन एन्टिजेन्टको साटो एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जी, र्‍यासेस एवं चिलाउने समस्या पनि हट्छ ।

सन प्रोटेक्सन

घाममा बाहिर निस्कनुपूर्व माइल्ड सनस्किन तथा अल्ट्राओयलेट रे ब्लकर लगाउनुपर्छ । बाहिर निस्कनुभन्दा करिब १५ मिनेट पहिले एसपीएफ १५ \२० युक्त सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।