बैशाख ११, २०८१ मंगलबार

आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ? समिक्षा



मनोरञ्जन आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस भन्दै लेखिन समिक्षा अधिकारीले नयाँ स्टाटस ।गायिका समिक्षा अधिकारी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छिन् ।

स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी उनी अहिले सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी हुन् । केही दिनअघि उनले ‘तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी थिइन् ।

पछि त्यसमा संशोधन गर्दै उनले यो एउटा गीतको अंश भएको उल्लेख गरिन् । आज समिक्षाको अर्को नयाँ स्टाटस आएको छ । उनले एउटा उदास तस्वीर पोष्ट गर्दै लेखेकी छन्, हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन,

बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ।’यो स्टाटसमार्फत उनले कुन सन्दर्भलाई ईंगित गर्न खोजेकी हुन् भन्ने त स्पष्ट नै छ । जे होस स्टाटसमा उनलाई सबैले राम्रै प्रतिक्रिया दिइरहेका छन् ।