चैत्र १५, २०८० बिहीबार

गण्डकी प्रदेशमा गण्डकी बनिन् गाउँपालिका अध्यक्ष



काठमाडौ- बाग्लुङको वडिगाड गाउँपालिकामा नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी विजयी भएकी छिन्। ४२ बर्षीया उनले ७३८६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजनकुमार पाइजाले ५८१४ मत प्राप्त गरे।

नेपाली काँग्रेस बाग्लुङकी सचिव समेत रहेकी थापा अघिल्लो निर्वाचनमा भने पराजित भएकी थिइन्। उनी त्यतिबेला एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थिइन ।

अहिले उपाध्यक्षमा कांग्रेस भिमसेन वनले ७२३१ मत प्राप्त गर्दै जित हात पारेका छन्। एमालेका मिनकुमारी माझी ५८०० मत ल्याउँदै दोस्रो भइन्।