चैत्र १५, २०८० बिहीबार

एएफसी एलिटमा महिला फुटबल रेफ्री अञ्जना समावेश



काठमाडौं / महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो ।

प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ । राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् ।

हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छिन् । यस्तै फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ । यता, पुरुष तर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् ।