श्रावण ११, २०८१ शुक्रबार

खुट्टामा किरा परेर उपचाररत रानालाई आर्थिक अभाव, औषधीसमेत रोकिन थाल्यो



गुल्मी । केहि समय अघि उपचार अभावमा मुसिकोट नगरपालिका–३ की ५० बर्षीया पुतली रानाको खुट्टा कुहिएर किरा झरिरहेको विक्षिप्त समाचार प्रकाशित भए ।

केहि समयपछि उनको उद्धार गरेर काठमाडौं किर्तिपुर अस्पतालमा पुर्‍याएपछि उपचार भइरहेको थियो । रानाको खुट्टाको अप्रेशन गरिएको छ । उपचार महङ्गो भएकाले आफुहरुले अप्रेशन र बेड चार्ज मात्रै निःशुल्क गर्न सकिएको किर्तिपुर अस्पताल (RISOP) प्रोग्रामचिफ कोर्डिनेटर हेमन्तध्वज जोशीले बताए ।

जोशीका अनुसार अहिलेसम्म औषधीको ९१ हजार ६ सय ४० र खाना, खाजा र बासको रकम बाँकी छ । अस्पतालले अप्रेशन, बेड र अरु केहि खर्च गरेर करिब दुई लाख निःशुल्क गरेको जोशीले बताए । उनले अब राना डिस्चार्जको नजिक भएकाले औषधी र क्यान्टिनको पैसाको लागि सहयोग गर्न आग्रह गरे ।

“अस्पतालको नीति बाहिर केहि गर्न सकिदैन । पैसाको अभावकका कारण महत्वपूर्ण औषधी इन्टिबाइटिक समेत रोकियो” उनले भने, “अब अस्पतालमा जति राख्यो आर्थिक बोझ थपिने हो ।” कुमाल अस्पतालको बेड नं ३२१ म छन् ।

उनी गाउँमा चिया पकाउँदा तातो पानी खुट्टामा परेपछि घाउ बल्झिएर समस्यामा परेकी थिइन् । रानाका श्रीमान छैनन् । छोराछोरीले वास्ता गर्दैनन् । केहि समयदेखि माइतको खाली घरमा बस्दै आएकी थिइन् । उनलाई मुसिकोट नगरपालिकाको ५० हजार आर्थिक सहयोगमा काठमाडौं पुर्‍याइएको थियो ।