बैशाख ८, २०८१ शनिबार

दोहोरी गायिका कल्पना दाहालले गरिन् ‘कोर्ट म्यारिज’, अब सधैकाे लागि अमेरिका बस्ने



लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसँग हालै कानूनी विवाह गरेकी हुन् ।

झापामा जन्मिएका आचार्य डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनको परिवार नै अमेरिकामा बस्दै आएको छ ।  गायिका दाहाल र आचार्य केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् । कल्पनाका पति सोमवार नै अमेरिका उडेका छन् ।

सिन्धुपाल्चोक गृहजिल्ला भएकी गायिका दाहाल ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईंसँग दोहारी गाएपछि एकाएक चर्चित बनेकी थिइन् । उनी लाइभ दोहोरीमा पारंगत मानिन्छिन् ।

दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित छन् । गायिका दाहालले आफू, गीतसंगीत र कलाकारितालाई बुझ्ने पति पाएकोमा खुशी व्यक्त गरेकी छन् । उनले अब केही समयपश्चात आफू पतिसँगै अमेरिका बस्ने संकेत गरेकी छन् ।

पति अमेरिका उड्नुअघि दिएको एक अन्तवार्तामा दाहालले भनेकी छन्, ‘विवाहलाई लिएर बुवाआमा खुशी हुनुहुन्छ । ज्वाइँ मन पराउनुभएको छ । अलि टाढा जाँदै छे भनेर पीर त लागिहाल्छ तर जहाँ भए पनि उहाँहरूलाई खुशी राख्नेछु ।’