बैशाख ३, २०८१ सोमबार

कमेडी च्याम्पियनकी सहायक निर्देशक श्रद्धा र उपविजेता विक्कीले गरे ईंगेजमेन्ट



काठमाडौं – कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उपविजेता बनेका विक्की अग्रवाल विवाह बन्धनमा बाँधिने भएका छन् । सोही रियालिटी शोकी सहायक निर्देशक श्रद्धा प्रसाईंलाई उनले जीवनसाथी बनाउन लागेका हुन् ।

विक्की र श्रद्धाको आज टिकाटालो भएको छ । पानीपोखरीस्थित एउटा पार्टी प्यालेसमा भएको टिकाटालोमा कमेडी च्याम्पियनका अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, कमेडी क्लव विथ च्याम्पियनका निर्देशक विशाल भण्डारी तथा अन्य कलाकार र आफन्तजनको उपस्थिति थियो ।

विक्की र श्रद्धा केही समयदेखि प्रेममा थिए । विक्की सिक्किम निवासी हुन् । उनी कमेडी च्याम्पियनमा दोस्रो भएपछि नेपालमै बसिरहेका छन् । अहिले उनी कमेडी क्लव विथ च्याम्पिसनका निर्देशक छन् । उनीहरुको विवाह मे महिनाको पहिलो साता हुनेछ ।