बैशाख २७, २०८१ बिहीबार

मिरुनाले बेलायतको ब्रनेल विश्वविद्यालयबाट जितिन् ‘गोल्ड अवार्ड’



‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले ‘गोल्ड अवार्ड’ जितेकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हात पारेकी हुन् ।

जसको खुसी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन गरेकी हुन् । अनेक अवरोधका बाबजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा उनले खुसी महशुस गरेकी छन् । उनले भनेकी छन्

‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उपलब्धि हासिल भएको छ ।

परिवार र साथीहरूको समर्थन र साथको लागि धन्यवाद ।’करिब आधा दर्जन फिल्म अभिनय गरेकी मिरुनाको हिट फिल्म ‘कबड्डी-४’ हो । यो प्रदर्शन समयमा उनी ‘ब्याड टच’ प्रकरणले विवादमा तानिएकी थिइन् ।