बैशाख २१, २०८१ शुक्रबार

चितवनमा श्रीमतीको घाँटी रेटी हत्या गरेका श्रीमानले पनि गरे आत्महत्या !



चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् ।

जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान् ४३ वर्षका कृष्णप्रसाद आचार्यले घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति १० बजे घरमा बसेर मोबाइल हेरिरहेको समयमा पछाडिबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी श्रीमान् कृष्णप्रसाद आचार्यले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।