चैत्र ६, २०८० मंगलबार

यस्ताे गल्ति गर्नुभयाे भने यौनीमा विर्य नपर्दा पनि गर्भ बस्छ



काठमाडौं । यौनसम्पर्क गर्दा गर्भ रहनबाट बच्ने सबैभन्दा सजिलो साधन कण्डम हो । तर, कण्डमको प्रयोग गर्दा यौन सन्तुष्टि नहुने, कण्डमको प्रयोग गर्न झन्झटिलो मान्ने जस्ता समस्या रहेको पाइन्छ ।

कण्डमको प्रयोग गर्न झन्झटिलो मान्दा कतिपय जोडीले यौन सम्पर्कको समयमा विर्य यौनी बाहिर निकाल्ने गरेका हुन्छन् । तर, यौनी बाहिर विर्य निकाल्दा समेत गर्भ रहन सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रोसँग थाहा नपाउँदा वा यौनीबाट लिङ्ग झिक्न ढिलो भै विर्य योनीभित्रै झर्नसक्छ र गर्भ रहन जान्छ ।

सामान्य अवस्थामा यो सेक्रसन यौन सम्पर्कबाट गर्भ रहँदैन । तर कतिपय अवस्थामा सेक्रेसनमा शुक्रकिट मिसिएर आउन सक्ने हुदा गर्भ रहने सम्भावना रहने चर्म तथा यौन रोग विशेषज्ञ डा. ललन खतिवडाले बताए । उनका अनुसार यस्ता अवस्था धेरै कम मात्रामा रहन्छ । त्यस बाहेक यौन उत्तेजनाको समयमा सेक्रेशन लिङ्गको टुप्पामा देखिन्छ ।

यसमा सामान्यतया शुक्रकिट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो सेक्रसन यौन सम्पर्कबाट गर्भ रहँदैन । तर कतिपय अवस्थामा सेक्रेसनमा शुक्रकिट मिसिएर आउन सक्ने हुदा गर्भ रहने सम्भावना रहने चर्म तथा यौन रोग विशेषज्ञ डा. ललन खतिवडाले बताए ।

उनका अनुसार यस्ता अवस्था धेरै कम मात्रामा रहन्छ ।  साथै यदि केहि समय पहिले हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर विर्य स्खलन गरेको अवस्थामा पनि उक्त सेक्रेसनमा विर्य मिसिएर आउन सक्ने भएकाले गर्भ रहने सम्भावना रहन्छ । त्यसैले यौनसम्पर्कको समयमा यौनी बाहिर विर्य निकालेको छु भनेर ढुक्क हुने अवस्था नरहने चिकित्सक बताउंछन ।