बैशाख ८, २०८१ शनिबार

महिनावारी रोक्ने औषधिको बढि प्रयाेग गर्नु हुन्छ ? हुनसक्छ क्यान्सर !



काठमाडौं ।महिनावारी महिलाको नियमित प्रक्रिया हो जुन महिनाको एक पटक महिलामा यो पक्रिया हुन्छ । रजस्वला हुँदा अरुलाई छुनु हुँदैन, धार्मिक कार्यहरुमा सहभागी हुनुहुँदैन् भन्ने समाजका भ्रमले गर्दा महिनावारी रोक्नका लागी विभिन्न खाले औषधि खाने गर्छन ।

महिनावारी रोक्ने औषधिको पटक पटक  प्रयोग गनाले स्वास्थ्यका लागि घातक हुन्छ । यस्तो औषधिले क्यान्सर समेत हुन सक्छ ।  यस कारण पटक पटक प्रयोग गर्नु हुँदैन्  यस्तो औषधि बजारमा सहजै पाइन्छ ।

कुनै धार्मिक कार्य या कुनै विशेष अवसरमा सहभागी हुन भनेर  रजस्वला रोक्न यस्तो औषधि पटकपटक प्रयोग गर्दा तत्कालै र भविष्यमा समेत निकै असर पुग्ने गर्छ । महिनावारी अनियमित हुने । महिनावारी हुदा पेट धेरै दुख्ने,कोहीमा बढी रगत देखिने त कोहीमा कम ।

स्तन दुख्ने, स्तानमा गिर्खाहरु देखिने । तौल बढ्ने, उच्च रक्तचाप,भविष्यमा स्तान र पाठेघरको क्यान्सरको जोखिम ।  औषधिको साइड इफेक्टबाट बच्ने उपाय यो औषधि जति सहज र सस्तोमा उपलब्ध छ । यसको प्रयोगले दिने परिणाम भने राम्रो छैन् ।

समाजमा यसको बारेमा कमै मात्र महिलालाई जानकारी छ । जानकारी भएका महिलालले पनि सहज हुने भएकाले पटक पटक यो औषधि प्रयोग गर्ने गरेका छन् ।  यस्तो समस्याबाट बच्न प्रयोगकर्ता महिला नै सजक हुनु पर्ने छ  । रजस्वला नियमित प्रक्रिया हो ।

यसलाई रोक्नु हँुदैन् र कुनै पनि कार्य गर्न यसले बाधा पार्दैन भनेर बुझ्न जरुरी छ । साथसाथै सरकारी स्तरबाट पनि यो औषधिको प्रयोगमा जनचेतना फैलाउनुपर्छ ।  यसले गर्ने साइड इफेक्ट र रजस्वला सम्बन्धी भ्रम हटाउन जनचेतना जगाउन जरुरी छ ।