चैत्र १६, २०८० शुक्रबार

जब आफ्नै श्रीमानले श्रीमती नुहाउँदै गरेको भडियाे बनाएर फेसबुकमा अपलोड गरे



काठमाडौं । एक व्यक्तिले श्रीमती नुहाउँदै गरेको भिडियो खिचेर लिक गरेका छन् । भारत, उत्तर प्रदेशको फिरोजाबादमा एक व्यक्तिले आफ्नी श्रीमती नुहाउँदै गरेको भिडियो बनाएर फेसबुकमा अपलोड गरेका हुन् । फेसबुकमा फलोअर्स बढाउन उनले यस्तो खुलेको छ । जब यो कुरा श्रीमतीलाई थाहा भयो, उनले प्रहरी चौकीमा उजुरी दिइन् ।आजतकका अनुसार यो घटना फिरोजाबादको जसराना थाना क्षेत्रको हो ।

त्यहाँ बस्ने एक व्यक्तिले करिब एक महिनाअघि आफ्नी श्रीमती नुहाउँदै गरेको समयमा भिडियो बनाएका थिए । त्यसपछि फेसबुकमा राखे । श्रीमतीको उजुरीको आधारमा जसराना प्रहरीले पति विरुद्ध आईटी ऐनको धारा ६७ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । उजुरीपछि उनले फेसबुकबाट भिडियो डिलिट गरेका थिए । तर, त्यतिबेलासम्म भिडियो भाइरल भैसकेको थियो ।

दुबैले प्रेम विवाह गरेका थिए

पीडितले प्रहरीलाई बताए अनुसार उनका श्रीमान् दिल्लीको उत्तम नगरमा बस्छन् । उनी सर्कसमा काम गर्छन् र प्रायस् फेसबुक सहितका सामाजिक सञ्जाल प्लेटफर्ममा सक्रिय हुन्छन् । श्रीमती हाल कासगञ्जमा आमासँग बस्छिन्, दुवैले प्रेम विवाह गरेका थिए । उनीहरुको विवाहले ३ वर्ष नाघिसकेको छ ।

दिल्लीमा बसेर भिडियो बनाए

महिलाका अनुसार श्रीमानले करिब एक महिनाअघि भिडियो कल गरेका थिए, भिडियो कलको समयमा श्रीमती नुहाउन जाँदै थिए । नुहाउने क्रममा उनीहरुबीच भिडियो कलिङमा कुरा भयो । त्यसबेला श्रीमानले मोबाइलबाट भिडियो रेकर्ड गरेको श्रीमतीको आरोप छ । त्यसपछि महिलाको पूरा भिडियो ती व्यक्तिको फेसबुक खातामा अपलोड भयो ।

जानकारी अनुसार यो भिडियो फेसबुकमा अपलोड हुनासाथ अचानक उनका फलोअर्सको संख्या बढ्न थाल्यो । श्रीमतीले पहिले श्रीमानलाई फोन गरेर भिडियो हटाउन अनुरोध गरेकी थिइन् । तर पतिले फेसबुकबाट भिडियो हटाउन मानेनन्, अनि प्रहरी चौकीमा उजुरी गर्न पुगेकी हुन् । सोही उजुरीका आधारमा प्रहरीले आवश्यक कारबाही अगाडि बढायो ।

श्रीमानको फेसबुक खाता बन्द

फिरोजाबाद देहातका प्रहरी उपरीक्षक रणविजय सिंहका अनुसार महिलाको उजुरीपछि अब दुवै पक्षलाई बोलाएर बयान लिइनेछ । त्यसपछि थप कारबाही हुनेछ । प्रहरीका अनुसार श्रीमानको फेसबुक खाता उजुरीपछि बन्द भयो ।