श्रावण ११, २०८१ शुक्रबार

बेलबारीमा छोरी बचाउने अभियानमा जुटिन् उपमेयर कोईराला



बेलबारी । बेलबारी नगरपालिकाले महिला हिंसाका घटना न्युनीकरण,मातृ तथा शिशु मृत्युदर घटाउन तथा भु्रण हत्या कम गर्ने उद्धेश्यका साथ उपमेयर सँग मातृशिशु कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमका लागि कार्यबिधि समेत तयारी गरी कार्यपालिका बैठकले स्वीकृत गरेको छ ।

गर्भ परिक्षण गरी छोरी भएकै कारण गरिने बिभेद अन्त्य,छोरा र छोरी बिचको सामाजिक बिभेद हटाउन,मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सुरक्षित मातृत्व,प्रजनन स्वास्थ्य र पोषण सम्बन्धी चेतना जगाउने उद्धेश्यका साथ उपमेयर सँग मातृशिशु कार्यक्रम अघि सारिएको उपप्रमुख नितु थापा (कोईराला) ले बताईन ।

सोही कार्यक्रम अन्र्तगत बेलबारी नगरका प्रसुति केन्द्र र बेलबारी नगर अस्पतालमा प्रसुती गराउन सम्भव नभएको भनि प्रसुति सेवा केन्द्रर बेलबारी नगर अस्पतालले रेफर गरेका जटिल प्रकृतिका र्भवती महिलाहरुलाई स्वास्थ्य संस्था लैजान निशुल्क एम्बुलेन्स सेवा,निुशल्क भिडियो एक्सेर सेवा,नगरभित्रका सरकारी स्वासथ्य संस्थामा ८ पटक सम्म निशुल्क स्वास्थ्य जाँच लगायतका सेवा उपलब्ध हुनेछन ।

साथै छोरी बचाउ अभियान अन्र्तगत अति बिपन्न घर परिवारमा छोरीको जन्म भई ३५ दिनभित्रमा जन्म दर्ता गराएका परिवारलाई ५ हजार शिशु तथा मातृ स्वास्थ्य संरक्षणका लागि प्रदान गरिने उपमेयर कोईरालाले बताईन । साथै प्रथम जाति धिमाल र दलित परिवारका गर्भवती महिलालाईपोषणयुत्त खाद्य सामाग्री सहयोगका लागि ४ हजार र अन्य जाति वा समुदायका गर्भवती महिलालाई ३ हजार ५ सय आर्थिक सहयोग गर्ने समेत कार्यबिधिमा उल्लेख छ ।