श्रावण ११, २०८१ शुक्रबार

गोकुलमको जितमा नेपाली सावित्राको ५ गोल, पहिलो खेलमै सावित्राको प्रभाव



महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले उच्च प्रदर्शनबाट प्रेरित गोकुलम केरेला एफसीले भारतको केरेला महिला लिगमा सानदार सुरुवात गरेको छ । बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई ११–० ले हराउँदा सावित्राले ५ गोल गरेकी थिइन् । उनले दुई गोलमा एसिस्ट पनि गरिन् ।

२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरिन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो। सावित्राले टोलीको लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं गोल गरेकी थिइन् । सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान १ गोल गरे । सावित्रा प्लेयर अफ दी म्याच चुनिएकी चुनिइन् ।

तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले व्यक्तिगत चौथो गोल ३५ औं मिनेटमा गरेकी थिइन् । ५६ औं मिनेटमा उनले अर्को गोल गरेकी थिइन् ।

गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने छ । त्यसैका लागि सावित्रा गत साता भारत गएकी थिइन् । दुई वर्ष अघि पनि गोलकुलमबाट खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी थिइन् । उनले त्यति बेला १६ गोल गरेकी थिइन् ।