चैत्र ३०, २०८० शुक्रबार

२६ वर्षीया ईन्जिनीयर बराल प्रदेश सभा सदस्यको उम्मेदवार सिफारिस



काँस्कीमा २६ वर्षीया ईन्जिनियर प्रदेश सभा सदस्यका लागि सिफासिरस भएकी छन् । आगामी मंसिर ४ गते तोकिएको निर्वाचनको लागि काँस्की क्षेत्र नं. ३ ख बाट गण्डकी प्रदेश सभा सदस्यका लागि ईन्जिनियर विद्या बराल उम्मेदवार सिफारिस भएकी हुन् ।

पाेखरा महानगरपालिका – २२ की  इन्जिनीयर बराल नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी हुन् । आफू प्रदेश सभा सदस्यका लािग प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस भएकोमा खुसी हुँदै बरालले अब युवा नेतृत्व सत्तामा पुग्नुपर्ने बताइन् ।

‘पार्टीले विश्वास गरेपछि उक्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दछु’, उनले नारीखबरसँग भनिन्, ‘देशमा भएको राजनीतिक परिवर्तनसँगै विकाशको ढोका उघारेर आमूल परिवर्तनका लागि नेतृत्वमा युवा पुस्ता पुग्नुपर्छ ।’

बराल नेपाल ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय सदस्य, नेविसंघ पोखरा विश्व विद्यालयको केन्द्रीय सह–संयोजक लगायत विभिन्न संस्थामा नेतृत्वमा छिन् ।