श्रावण ११, २०८१ शुक्रबार

किशोर–किशोरी सँगै ६ तलामा पुगे, अँगालोमा बेरिएर हाम्फाले !



भदौ १५ मा काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरमा दुईजना किशोर–किशोरी फटाफट ६ ताल माथि गए । घर वरपर बसेकाहरुले उनीहरु सिँढी चढेको देखेका थिए । तर, किन सिँढी उक्लिए भन्नेतिर सोचेनन् । केहिबेर पछि दुवैजना अँगालोमा बेरिएर हाम्फाले ।

उनीहरु थिए, भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल । नजिकै ‘बुद्धनगर प्रहरी प्रभाग’ थियो । प्रहरी गएर घाइतेलाई अस्पताल पठाए । तर, दुवै जनालाई एकैछिनमा चिकित्सकले मृत घोषणा गरे ।

प्रत्यक्षदर्शीहले उनीहरु अँगालोमा बेरिएर हाम्फालेको देखेको प्रहरीलाई बताएका छन् ।अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन् । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्– ‘हार्ड टु बि लिभिङ के, मैले वास्तवमै बाँच्ने उत्प्रेरणा गुमाएको छु । र, आफैंलाई मार्ने उत्प्रेरणा पाएँ ।’

उनीहरुले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, प्रहरीले आत्महत्याको कारण खोजिरहेको छ । उनीहरु सहपाठी हुन् । उनीहरु मध्य बानेश्वरस्थित पाठशालामा कक्षा ९ मा पढ्थे । दुवैका अभिभावक उनीहरुको बीचमा प्रेम सम्बन्ध रहेको बारे जानकार थिए ।

‘किशोर र किशोरी किन हाम्फाल्न बाध्य भए भन्नेबारे कारण खोजिरहेका छौं’ घटनाबारे अनुसन्धान गरिरहेको एकजना प्रहरी अधिकृत भन्छन्–‘कारण पत्ता लगाउन सकेमा भोलि यस्ता घटना न्युनीकरण गर्न सहयोग पुग्छ ।’

डायरीमा लेखिएको मितिअनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए । उनले ‘डियर डायरी’ सम्बोधन गरेका छन् । नोटको अन्तिममा उनले लेखेका छन्–‘योर्स अनिकेत ।’  नोट घटनास्थलमा (घरको ६ तलामा) भेटिएको थियो । सुसाइड नोटबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

याे पनि 

काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन् । काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् । ६ तलामाथीबाट हाम्फालेपछि उपचारका लागी अस्पताल लगिएको र सिभिल अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन् ।